Techie IT
×
गृहपृष्ठसमाचारअवरोधकाबीच बञ्चरेडाँडामा २८४ गाडीले फोहोर विसर्जन

अवरोधकाबीच बञ्चरेडाँडामा २८४ गाडीले फोहोर विसर्जन


काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार २ सय ८४ गाडी फोहोर बञ्चरेडाँडामा विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेता पनि फोहोर विसर्जन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयवासीको अवरोध हटाउन बिहीबार पनि धेरै संख्यामा प्रहरी खटाइएको थियो । स्थानीयको सामान्य अवरोध पछि २८४ गाडी फोहार खसेको बताए ।

मानन्धरका अनुसार पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने माग राखेर बिहीबार बिहान केही समय स्थानीयले फोहोर फाल्न अवरोध खडा गरेका थिए ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा ४ बुँदे सहमति भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #banchare danda, #hot


तपाईको प्रतिक्रिया दिनुहोस