Techie IT
×
गृहपृष्ठसमाचारसशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत कोरोना संक्रमितको ज्यान गयो

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत कोरोना संक्रमितको ज्यान गयो


काठमाण्डौ, ९ भदौ । काठमाण्डौमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका एक पुरुषको ज्यान गएको छ ।

गएको साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो ज्यान गएको अस्पतालका डाक्टर प्रवीण नेपालले जानकारी दिए ।

उनका अनुसार साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आए पनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको डाक्टर नेपालले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार