Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौँ उपत्यकामा निषेधाज्ञाबारे छलफल गर्न सिडीओहरुको बैठक बस्दै

काठमाडौँ उपत्यकामा निषेधाज्ञाबारे छलफल गर्न सिडीओहरुको बैठक बस्दै


काठमाडौँ, ९ भदौ । उपत्यकामा जारी निषेधाज्ञा थप्ने नथप्ने विषयमा छलफल गर्न मङ्गलबार ३ः०० बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । उपत्यका मेयर फोरमले प्रमुख जिल्ला अधिकारीहरूलाई निषेधाज्ञा थप्न अनुरोध गरेको, जारी निषेधाज्ञाको समयावधि भोलिबाट सकिन लागेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी निषेधाज्ञाको समीक्षा, मेयर फोरमको अनुरोधका साथै निषेधाज्ञाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा कस्तो भूमिका खेल्यो भन्ने विषयमा छलफल हुन लागेको बताए । उनले आज दिउँसो ३ः०० बजे बैठक बस्न लागेको बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बैठक बस्न लागेको बताउँदै निषेधाज्ञाकै विषयमा बैठक केन्द्रित हुने स्पष्ट पाररिन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #Corona, #निषेधाज्ञा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार