Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं आसपासका धेरै ठाउँमा रातभर वर्षा, थुप्रिएको फोहर यत्रतत्र हुँदा सडक अस्तव्यस्त

काठमाडौं आसपासका धेरै ठाउँमा रातभर वर्षा, थुप्रिएको फोहर यत्रतत्र हुँदा सडक अस्तव्यस्त


काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका ठाउँमा गएराति ठूलो पानी परेको छ ।

वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र प्रदेश-१ सहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो । ती नदीमा पानीको सतह बढेको छ ।

मनोहरामा जलसतह बढेपछि बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएरातिको पानीले काठमाडौंमा थुप्रिएको फोहर यत्रतत्र बनाएको छ । सडकमा थुप्रिएको फोहर ढलसँगै बग्दा ढल जाम भएर सडकभरी पानी भएको छ ।

अहिले काठमाडौं उपत्यकामा पानी पर्न रोकिएको छ । अरु प्रदेशमा पनि हल्कादेखि मध्यमखालको पानी परेको छ । जोखिम बढेकाले साना नदीहरुमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस