Techie IT
×
गृहपृष्ठप्रदेशभैरहवामा उपचाररत कोरोना संक्रमितको मृत्यु

भैरहवामा उपचाररत कोरोना संक्रमितको मृत्यु


भैरहवा, ९ भदौ । भीम अस्पताल भैरहवामा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ३ निबासी ५० वर्षीय पुरुषको सोमबार राति ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल फोकल पर्शन डा. सुमित प्रजापतिले जानकारी दिए । उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा.प्रजापतिका अनुसार भवन निर्माणको क्रममा लडेर घाइते भएका ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । भैरहवा मेडिकल कलेजमा उपचाररत ती व्यक्तिमा भदौ ५ गते कोरोना संक्रमण देखिएपछि सोमबार कोभिड विशेष अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रिफर गरिएको थियो । भीम अस्पतालमा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो हो ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस