Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविभिन्न धर्मावलम्बीहरूमा हिन्दु पुरुषहरूका सर्वाधिक विवाहेत्तर‘सेक्स पार्टनर’

विभिन्न धर्मावलम्बीहरूमा हिन्दु पुरुषहरूका सर्वाधिक विवाहेत्तर‘सेक्स पार्टनर’


काठमाडौं । विभिन्न धर्मावलम्बीहरूमा हिन्दु पुरुषहरूका सबै भन्दा बढी सेक्स पार्टनरहरू हुने गरेको अध्ययनबाट खुल्न गएको छ ।

हिन्दु पछि सिख , क्रिस्चियन, बुद्धमागी, मुस्लिम र जैन धर्माबलम्बीहरू क्रमशः घट्दोक्रममा सेक्स पार्टनरहरू हुने गरेको पाइएको हो ।

नेशनल फ्यामिली हेल्थ सर्भे फाइभको डेटा विश्लेषणबाट हिन्दु पुरुषहरूका विवाहेत्तर सेक्स पार्टनरहरूको संख्या रहेको पाइएको छ ।

उनीहरूको सेक्स पार्टनरको संख्या जीवन भर २.२ औसत संख्या रहेको पाइएको छ ।

सिख र क्रिस्चियनको यो संख्या १.९ रहेको पाइयो भने बुद्ध तथा मुस्लिमका १.७ औसत रहेको छ । जैन धर्मावलम्बीहरूको यो संख्या सबै भन्दा कम १.१ रहेको पाइयो ।

धेरै सेक्स पार्टनर भएकाहरूमा असुरक्षित यौन सम्पर्क बढी हुने उनीहरूमा एचआइभीको जोखिम उच्च हुने गरेको पाइएको छ ।

यो सर्भेक्षण मुम्बई आधारित इन्टरनेसनल इन्स्टिच्युट फ पपुलेसन स्टडिजबाट गरिएको थियो । संघीय सरकारको यो अध्ययन सन् २०१९–२०मा गरिएको थियो ।

मुस्लमानहरूसँग कानुन बमोजिम नै एक भन्दा बढी पत्नी रहेको पाइन्छ । तर हिन्दुहरूले धेरै पत्नी राख्न चाहँदैनन् र सामान्यता पाइँदैनन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस