Techie IT
×
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना


धनगढी, २५ साउन । स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । सेती प्रादेशिक अस्पतालमा आज उनी भर्ना भएका हुन् ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएको मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । मुख्यमन्त्रीलाई अस्पतालमा स्लाइन पानी दिइएको छ । यसैगरी उनको रगत पनि चेकजाँच गरिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस