Techie IT
×
गृहपृष्ठसमाचारबझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा मृत फेला

बझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा मृत फेला


बझाङ, २५ साउन । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए। मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन ।

गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking, #suicide


तपाईको प्रतिक्रिया दिनुहोस