Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन डुबानमा

काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन डुबानमा


काठमाडौं, २५ साउन । गए राति परेको अविरल वर्षापछि काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन डुबानमा परेको छ । कार्यालय भवनको एक तला डुबाएको हो ।

डुबानमा पर्दा खाद्यान्न, फर्निचरलगायत सामानहरूमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार प्रहरीले अहिले कोठाभित्र पसेको हिलो हटाउने काम गरिरहेको छ ।

सो क्षेत्रमा कम्प्युटर, इन्टरनेटलगायत सेवा अवरुद्ध छ । त्यस क्षेत्रका खोला आसपासका बस्तीमा समेत बाढीले क्षति गरेको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #kadaghari flood, #police office


तपाईको प्रतिक्रिया दिनुहोस