Techie IT
×
गृहपृष्ठसमाचारचोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो


काठमाडौं, २२ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।

अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ । समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।


क्याटेगोरी : समाचार, संसद
ट्याग : #breaking, #cholendra


तपाईको प्रतिक्रिया दिनुहोस