Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनागढुंगा सुरुङमार्गको काम ६० प्रतिशत सम्पन्न

नागढुंगा सुरुङमार्गको काम ६० प्रतिशत सम्पन्न


काठमाडौं, २२ साउन । नागढुंगा सुरुङमार्गको काम अब ४० प्रतिशतमात्रै सम्पन्न गर्न बाँकी छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार आइतबारसम्म ६० प्रतिशत काम सम्पन्न भएको हो ।

मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये १४ सय ७५ मिटर खनिएको छ। जसमा पूर्वबाट ७७० र पश्चिमबाट ७०५ मिटर रहेको आयोजनाले जनाएको छ।

आकस्मिक सुरुङमार्ग २ हजार ५५७ मिटर रहेकोमा १६ सय १३ मिटर खनिएको छ। मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङमार्गको क्रस प्यासेज १२८ मिटरमध्ये ६२ मिटर छ।

कुल ५ हजार ४९९ मिटरमध्ये ३ हजार २७६ मिटर सुरुङ खनिएको छ। सुरुङमार्गमा कंक्रिट लाइनिङको काम २१ प्रतिशत पुगेको छ। आयोजना निर्देशक नरेशमान शाक्यका अनुसार कुल भौतिक प्रगति ४१ प्रतिशत र वित्तीय प्रगति ४७ प्रतिशत पुगेको छ।

आयोजनामा ३ वटा अन्डरपास, ४ वटा बक्सकल्भर्ट, १ वटा ओभरपास, ३ वटा पुल निर्माणसम्पन्न भएको छ। फ्लाईओभरको काम भने बाँकी छ। लामो समय जग्गा अधिग्रहण गर्न नसकेको आयोजनाले ८५ प्रतिशत जग्गा अधिग्रहण गरेको छ। ४ वटा फाउन्डेसनमध्ये २ वटाको काम सम्पन्न भएको शाक्यले जनाएका छन्।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #nagdhunga, #surungmarga


तपाईको प्रतिक्रिया दिनुहोस