Techie IT
  • २१ जेठ २०८०, आईतबार
Jhilko

दैलेखमा निषेधाज्ञा लम्बियो


दैलेख, ८ भदौ । दैलेखमा तीन दिन निषेधाज्ञा लम्बिएको छ । ४ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १० रातिसम्मका लागि लम्ब्याइएको हो ।

तीजमा भिडभाड रोक्न ४ दिन गरिएको निषेधाज्ञा थप तीनदिन बढाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञा अवधिमा औषधि पसललगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसारलगायतका अत्यावश्यक सेवाहरु बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म खुला हुनेछ ।

स्वास्थ्य सचेतना र सुरक्षा सावधानीमा बेवास्ता भएको कारण समुदायमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाभरका निषेधाज्ञा जारी गरिएको र कडाइका साथ कार्यान्वयन गर्ने रणनीति लिइएको सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले बताए ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #Corona, #dailekh, #निषेधाज्ञा

प्रतिक्रिया


ताजा अपडेट