Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खुल्ने

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खुल्ने


काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुमा खाद्यान्न तथा तरकारी पसल बिहान सवा बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले उक्त निर्णय गरेको हो । संयुक्त बैठकको निर्णय अनुसार अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खुल्ने भएका छन् ।

त्यस्तै, औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने दिनभर खुल्नेछन् ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट थप स्पट पारिएको सूचना


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस