Techie IT
×
गृहपृष्ठसमाचारनदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु


कञ्चनपुर, ७ भदौ । नदीमा डुबेर यहाँ आज एक बालकको मृत्यु भएको छ । वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए।

नरेशका साथीहरुसँग नदीमा पौडी खेल्न गएकाबेला बालक डुवेको उनको भनाई छ । नदीमा डुबेका बालकको शव दाउरा खोज्न नदीमा गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस