देशभर ८१८ जना कोरोना सङ्क्रमित थपिए
काठमाडौँ, ७ भदौ । कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषको कोरोना पुष्टि भएको हो ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २६ पीसीआर परीक्षणमा भएको थियो । संस्थागत आइसोलेसनमा नौ हजार २१२ र होम आसोलेसनमा तीन हजार ९४३ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २८१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १८ हजार ६३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी :
समाचार,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona