Techie IT
×
गृहपृष्ठप्रदेशबुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु


रुपन्देही, ७ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको ज्यान गएको छ । कोरोना अस्पतालमा कोरोना सङ्क्रमित एक जना महिला र एक जना पुरुषको ज्यान गएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका १ कि ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।

मिर्गौला रोग, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या रहेकी महिलामा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै सम्मरीमाईका पुरुषमा श्वासप्रश्वासको समस्या थियो । उहाँलाई भदौ १ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस