Techie IT
×
गृहपृष्ठसमाचारआलितालमा वन फँडानी

आलितालमा वन फँडानी


सडक निर्माण कम्पनी र सामुदायिक वनका पदाधिकारी बीचको मिलेमतोमा सालको रुख फँडानी गरिएको पाइएको छ । जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा निर्माणाधीन डोला चक्रपथ क्षेत्रमा ती जातका रुख फँडानी भएको हो । आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुख काटिएका हुन् ।

आलितालको समपूरक कोषअन्तर्गत सडक निर्माण सुरु गरिएको हो । सडकमा रहेका रुख वन कार्यालयको अनुमतिविना कटानी गरी गोलिया बनाई लुकाइराखेको अवस्थामा फेला परेका छन् । सडक निर्माण गरिँदा रुख कटानको अनुमति नै नहुँदा सालका रुख कटान गरिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउ । एक सय १० गोलिया थानको करिब ७०० क्यूफिट काठ बरामद गरिएको छ । बाँकी काठको खोजी भइरहेको उनले जानकारी दिए । केही रुख ढलेका अवस्थामा पाइएका छन् । सडक निर्माणका क्रममा सो वन क्षेत्रमा करिब दुई हजार क्युफिटभन्दा बढी काठ काटिएको हुन सक्ने आशंका गरिएको छ ।

काठका गोलिया सम्याउँदै गरिरहेको अवस्थामै रजनी सामुदायिक वनका अध्यक्ष गोपालसिंह धामी र स्थानीयवासी श्याम दासलाई कार्यालयको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

काठ काटिएको सामुदायिक वनबाट काठ निकासी भए नभएका बारेमा अहिले नै भन्न नसकिने उहाँको भनाइ छ । काठ कटानीका बारेमा छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकिएको छ । अबको केही दिनमा सत्यतथ्य पत्ता लाग्ने बताइएको छ ।

सडक निर्माणका क्रममा व्यापक वन फँडानी हुँदासम्म सम्बन्धित सामुदायिक वनले समेत नरोकेको पाइएको छ । यसले सामुदायिक वन र सब डिभिजन वन कार्यालयको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ । सडक निर्माणका क्रममा गत असार महिना पहिले नै रुख काटिएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस