Techie IT
×
गृहपृष्ठसमाचारखोलाले बगाएर महिलाको मृत्यु

खोलाले बगाएर महिलाको मृत्यु


कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज विहान गर्भवती २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीको बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।

खोलाले बगाएपछि स्थानीयबासीले खोजतलासको क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला परेको थियो । घटना लगत्तै प्रहरी चौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी उनको साढे दुई वर्षको छोरी छिन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस