Techie IT
×
गृहपृष्ठप्रदेशउपत्यकाका यी ठाउँमा हुनेछ आज लोडसेडिङ

उपत्यकाका यी ठाउँमा हुनेछ आज लोडसेडिङ


काठमाडौं ७ भदौ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यकाका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । तोकिएको कार्य सम्पन्न भएलगत्तै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस