Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियफ्लुसरी कोभिड–१९हामीसँग सँधैभरी रहने भए बेलायती वैज्ञानिकको भनाई

फ्लुसरी कोभिड–१९हामीसँग सँधैभरी रहने भए बेलायती वैज्ञानिकको भनाई


काठमाडौ । फ्लुको यो वा त्यो स्वरूपमा कोभिड–१९ मानिसहरूसँग सँधैभरी रहने भएको बेलायतका एक अगुवा वैज्ञानिकले बताएका छन ।

बेलायत सरकारको आकस्मिक वैज्ञानिक सल्लाहकार समूह(सेज)का सदस्य सर मार्क वालपोर्टले यो रोगको कुनै ठीक निदान फेला नपरेको बताउँदै यस्तो जनाए ।

बिफर जस्तो अन्य सरूवा रोगलाई खोपबाट निर्मूल गर्न सकिए जस्तो कोभिड–१९लाई खोपबाट पूर्णरूपमा निर्मूल गर्न नसकिने वैज्ञानिक वालपोर्टले बीबीस रेडियो फोरलाई बताए ।

साथै उनले वैश्विक खोपले निरन्तर जारी महामारीको प्रसारलाई रोक्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने “ यो भाइरस यो वा त्यो स्वरुपमा हामीसँग सँधैभरी रहने भए । खोप पटक पटक दिनुपर्ने आवश्यकता हुनेछ । फ्लुका लागि मानिलाई नियमित अन्तरालमा पटक पटक खोपको आवश्यकता परेझै यसका लागि खोप दिइनु पर्छ ”

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ महामारी दुई वर्ष भित्र समाप्त हुने विश्वास सहितको सार्वजनिक गरेको अभिव्यक्ति प्रति प्रतिक्रिया जनाउँदै बेलायती वैज्ञानिक वालपोर्टले यस्तो बताए ।

विश्वभर कोरोनाभाइरस संक्रमितिहरूको संख्या २ करोड ३०लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस