Techie IT
×
गृहपृष्ठप्रदेशलिदी पहिरो अपडेट : पिठ्यूँमा छोरी बोकिरहेकी गर्भवतीको शव फेला

लिदी पहिरो अपडेट : पिठ्यूँमा छोरी बोकिरहेकी गर्भवतीको शव फेला


सिन्धुपाल्चोक, ६ साउन । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । उनकी चार महिनाकी गर्भवती पनि रहेको स्थानीयबासीले बताएका छन् । उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् ।

प्रहरीका अनुसार उनी छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घर बाहिर बस्ने गरेका थिए ।

गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ । अझै ७ जना हराइरहेका छन् । पहिरोले १३ घर पूर्ण रुपमा पुरिएका छन् । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।

हराइरहेकाहरुको खोजी भइरहे पनि पर्याप्त साधन स्रोतको अभावमा खोजी कार्यमा ढिलाइ भएको छ । पर्याप्त स्रोत र साधन नहुँदा बेपत्ताको खोजीमा कठिनाइ भएको शसस्त्र प्रहरी निरीक्षक शितल श्रेष्ठले बताए ।

खोजी ढिलाइ हुँदा पहिरोस्थलमा दुर्गन्ध आउन थालेको छ । सुरक्षाकर्मीले दुर्गन्ध फैलन नदिन क्लोरिन छर्केर बेपत्ताको खोजी गरिरहेका छन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस