Techie IT
×
गृहपृष्ठसमाचारमाधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि


काठमाडौं, ६ भदौ। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

माधव नेपालको पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिवालयले जनाएको छ । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बिहीबार उनीहरुको स्वाब संकलन गरिएकोमा स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति ‘पोजेटिभ’ आएको हो।

संक्रमित सुरक्षाकर्मी सबैलाई आएसोलेसनमा पठाइसकिएको छ ।

दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।

यसअघि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार