कोरोना कहर : २४ घण्टामा ११ जना संक्रमितको मृत्यु
काठमाडौं, भदौ ५ गते । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ ।अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा त्यसरी मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona