Techie IT
×
गृहपृष्ठसमाचारकोरोना नियन्त्रण गर्न ८० हजार सुरक्षाकर्मी सडकमा

कोरोना नियन्त्रण गर्न ८० हजार सुरक्षाकर्मी सडकमा


काठमाडौ, ५ भदौ । कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन तथा आइसोलेशनको सुरक्षामा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको बताए

नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरीको निर्देशनमा नेपालका सबै जिल्लाहरुमा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको उनले बताए ।

कोरोनाको संक्रमण रोक्नको लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति फिल्डमा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति नेपाल भारतको सिमानादेखि, पहाडी हिमाली जिल्लाहरुमा समेत खटिएको अर्यालले बताए ।

नेपाल सरकार,गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलले दिएको निर्देशनसँगै स्थानीय तहसँग सहकार्य गरेर कोभिड नियन्त्रणमा जनशक्ति परिचालन भएको अर्यालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै निशेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन एक हजार पाँचसय सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता अर्यालले बताए ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा चार हजार ७०० सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरीका र सशस्त्र प्रहरीका करिब चार हजार ७०० सुरक्षाकर्मी खटाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै तीन हजार ३ सय प्रहरी परिचालन भएका छन् । त्यसमा ट्राफिक प्रहरीको संख्यामात्रै एक हजार ४३५ रहेको एसएसपी यादवले जानकारी दिए।

सशस्त्र प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona, #hot, #police


तपाईको प्रतिक्रिया दिनुहोस