Techie IT
×
गृहपृष्ठसमाचारदेशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने


काठमाडौं । देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी भने पर्दैन । पानी पर्दै रोकिने क्रम चल्ने हुन्छ ।
यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्छ ।

धेरैजसो पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ । यसैबीच, काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । लगातार झरी नपरेको र पानी पर्दै घाम चर्किँदै गरेकाले गर्मी बढेको मौसमविद्को भनाइ छ। आज भने हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेकाले केही गर्मी कम हुने अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #mausam


तपाईको प्रतिक्रिया दिनुहोस