काठमाडौ । सहजै प्रेम सम्बन्धमा बाँधिने रोमान्टिक मानिसहरूको जिनमा प्रेमसम्बन्धी लभ हार्मोनको रूपमा चिन्न सकिने ‘अक्सिटोसिन’ हार्मोन बढी हुने गरेको छ । रोमान्टिक मानिसमा यो हार्मोन बढी भएर उनीहरू सहजै प्रेमसम्बन्धमा बाँधिने गरेको पाइएको हालै सार्वजनिक भएको अध्ययनबाट देखिएको हो ।
यो हार्मोनको अनुवांशिकी मैथुन (जेनेटिक म्युटेसन)ले मानिसलाई बढी रोमान्टिक बनाउने वा प्रेम सम्बन्ध बनाउन उत्प्रेरित गर्ने क्युबेकको म्याकगिल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनबाट यो पत्ता लागेको हो ।
ती अनुसन्धानकर्ताको ध्यान सीडीथर्टीएट नामक एक जीनले तान्यो । जसले अक्सिटोसिनलाई बढाउँछ । साथै उनीहरूले माया पिरतीका दुई प्रतिलिपि पनि पत्ता लगाए ।
जसमा यो जेनेटिक म्युटेशन हुन्छ । यस्तो जिन नहुनेको तुलनामा यो जिन हुनेहरूले खाना, पिउन, कुरा गर्न र टेलिभिजन हेर्ने काममा बढी समय खर्च गर्ने गर्छन ।
यो जिनका दुई प्रतिलिपि नभएका व्यक्तिहरूका पार्टनरले उनीहरूको ख्याल गर्ने गरेको पनि अध्ययनबाट पाइएको छ ।
यो अध्ययनको क्रममा १११ जोडीमा यस्तो व्यवहार पत्ता लागेको छ ।
उनीहरूले गल्तीको समिक्षा गर्ने , घमण्ड निल्छन र आग्रह गर्छन । अनुसन्धानकर्ताहरूका अनुसार यी गुणहरूलाई सम्बन्ध समायोजनको रूपमा लिइन्छ ।
अध्ययनका लेखक जेनिफर बात्र्सले मानिसको दैनिक जीवनमा देखिने रोमान्टिक व्यवहारको पछाडि जिन रहेको पहिलो पटक थाहा भएको बताइन ।
मानिस मानिसबीचको सम्बन्धका लागि यसमा रहने विविधता प्रमुख भूमिका खेलन सक्ने उनको भनाइ छ । औसत ५देखि ६ वर्षसम्म साथ रहेका १११ जना जोडीको सामाजिक व्यवहार र पार्टनरको व्यवहारको बुझाइको बारेमा २० दिनसमम अधययन गरिएको थियो ।
‘सिडिथर्टिएट’ जिनका दुई प्रकार छन ः ए र सि । यो दुबै आमा र बाबुबाट विरासतमा मानिसमा आउँछ । डिएनएको आधारभूत शृंखलामा यो सानो अन्तरका साथ सामेल हुन्छन । त्यसैले यी दुई जिन विभिन्नरूपमा विद्यमान हुन्छ । एए, सिसि र एसिको रूपमा विद्यमान हुन्छन ।
सिसि जिनको डबल डोज हुने व्यक्तिहरूमा एए वा एसि भएकाहरूको तुलनामा साम्प्रदायिक व्यवहार उच्च हुने गरेको अध्ययनबाट देखिएको हो ।
यस्ता जेनेटिक विविधता भएकाहरूमा चिन्ता, दिक्क र क्रोध जस्ता नकारात्मक गुणहरू केही मात्रा रहने गरेको पाइन्छ ।
निकटतम सम्बन्ध बनाउन अक्सिटोसिनको भूमिका महत्वपूर्ण रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ । अक्सिटोसिन वा लभ हार्मोनसम्बन्धी यो अध्ययन साइन्टिफिक रिपोटस जरनलमा प्रकाशित भएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking