गृहपृष्ठ ∕
प्रदेश ∕
प्युठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु
प्युठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु
प्युठान, ५ भदौ । प्युठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु भएको छ ।
झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरबिन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। विहीवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालको टोकाइबाट गिरी घाईते भएका थिए ।
घाईते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा विहीवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार