Techie IT
×
गृहपृष्ठसमाचारअछाममा बाढीले बगाएका ११ जनाको अवस्था अझै अज्ञात

अछाममा बाढीले बगाएका ११ जनाको अवस्था अझै अज्ञात


अछाम, ४ भदौ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएका मध्ये ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

बुधबार रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले १७ जनालाई बगाएकोमा ६ जनाको शव भेटिएको छ । बाँकी ११ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

भेटिएका ६ मध्ये तीन जनाको शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए

गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारमा व्यापार गर्दै आएका १७ जनालाई मङ्गलबार राति आएको बाढीले बगाएको थियो ।

बाढीले बगाउनेमा चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमरबहादुर साउद, पवित्रा शाह, समिर शाह, लालसरा शाह, वसन्ती शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #achham, #बाढी, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार