Techie IT
×
गृहपृष्ठप्रदेशलिदी पहिरो अपडेट : ३० जनाको शव भेटियो, ९ जना अझै बेपत्ता

लिदी पहिरो अपडेट : ३० जनाको शव भेटियो, ९ जना अझै बेपत्ता


सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीमा पहिरोमा पुरिएका थप ५ जनाको शव आज भेटिएको छ । आज ५ वर्षका बालकसहित तीन पुरुष र दुई महिलाको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । पहिरोमा अझै ९ जना हराइरहेका छन् । पहिरोमा पुरिएकाहरुको खोजी गर्न स्काभेटर लैजाने भनिए पनि बाटो अवरुद्ध भएपछि लैजान नसकिएको उनको भनाइ छ ।

हराएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् । लिदीमा शुक्रबार गएको पहिरोले ३७ वटा घरमा क्षति गरेको र १३ वटा घर पूरै भत्काएको थियो । पहिरोबाट विस्थापित भएकाहरुलाई टेन्ट र त्रिपालमा राखिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार स्थानीयकै बारीमा ४० वटा टेन्ट हालिएको छ । यस्तै विस्थापित भएकाहरुलाई सुरक्षित ठाउँमा टहरो बनाएर राख्ने योजना गाउँपालिकाको रहेको पनि उनले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #flood, #hot, #landslide, #पहिरो, #बाढी पहिरो, #लिदी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस