निषेधाज्ञा उल्लंघन गर्ने करीब ३ सय सवारी साधान कारवाहीमा, पैदलयात्रु होल्डिङ सेन्टरमा

उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सरकारी निषेधाज्ञाका उल्लंघन गर्ने करीव ३ सय सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पास बिना हिंडेका पैदल यात्रुहरूलाइ प्रहरीले समाउँदै होल्डिङ सेन्टरमा राख्दै छोडिदिंदै गरेको छ ।
भदौ १० गते राति १२ बजेसम्म यही रूपमा निषेधाज्ञालाइ कडी कडाउ गरिने स्थानीय प्रशासनले जनाएको छ ।
सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया