Techie IT
×
गृहपृष्ठसमाचारकञ्चनपुरमा मोटरसाइकल गाडासँग ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल गाडासँग ठोक्किँदा एक जनाको मृत्यु


कञ्चनपुर, ९ असार । बेलौरी नगरपालिका ५ रामनगरमा मोटरसाइकल राँगा गाडासँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

अर्का एक घाइते भएका छन्। मोटसाइकल पछाडि बसेका २२ वर्षीय शंकर राना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानबहादुर भण्डारीका अनुसार पुनर्वास नगरपालिका १ गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाको मृत्यु भएको हो। रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बायाँ हातको हड्डी भाँचिएकाशंकरको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस