रौतहटमा गोली हानेर पुजारीको हत्या
रौतहट, ४ भदौ । रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ ।
माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान थालेको जनाइएको छ ।
क्याटेगोरी :
प्रदेश,
कोसी प्रदेश,
समाचार