Techie IT
×
गृहपृष्ठअर्थ‘धाकरधम्की चल्दैन, हवाई क्षेत्रमा हडताल गर्न पाइन्न’: क्यान

‘धाकरधम्की चल्दैन, हवाई क्षेत्रमा हडताल गर्न पाइन्न’: क्यान


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको निर्णयमा गम्भीर आपत्ति जनाएको छ ।

प्राधिकरणले एकलौटी रूपमा पूरा गर्नै नसकिने प्रावधान ल्याएको भन्दै सेवा प्रदायकले भोलि बुधवारदेखि आकस्मिक सहितका सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेका छन् । तर आज नै पत्रकार सम्मेलन गरेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द नगर्न चेतानवी दिए ।

उनले भने, ‘धाक–धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाडौं बाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ ।

 


क्याटेगोरी : अर्थ, पर्यटन, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस