Techie IT
×
गृहपृष्ठखेलकुदसमर युनिभर्सियाडको काउन्ट डाउन सुरु

समर युनिभर्सियाडको काउन्ट डाउन सुरु


काठमाडौं । समर युनिभर्सियाड गेम्सको ३१ औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । त्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना गर्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल सुरु हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए । फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ ।

गेम्स चीनको छेङदुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो । गत संस्करण इटालीको नापोलीमा भएको थियो ।

कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो । कोरोनो भाइरस ९कोभिड– १९० का कारण थोरैको उपस्थितिमा कार्यक्रम गरिएको महासचिव बोहराले बताए ।


क्याटेगोरी : खेलकुद, समाचार


प्रतिक्रिया दिनुहोस