Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

विभिन्न धनमाल चोरी


काठमाडौं, ३ भदौ । काठमाडौं महानगरपालिका–१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ तथा सोही ठाउँ डेरा गरी बस्ने बझाङ घर भएका २४ वर्षीय हर्क धामीको कोठाबाट नगद ७५ हजार रुपैयाँ मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(३२ नरेफाँटस्थित भक्तदेव सिंहको घर र सोही घरमा डेरा गरी बस्ने सर्लाही गौडमा नगरपालिका(१ घर भएका ४५ वर्षीय नरेन्द्र चौधरी कोठाबाट नगद तथा सुन चाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं टोखा नगरपालिका–१० प्रयागनगरस्थित निल प्रसाद देबकोटाको घरबाट २ तोला सुनका गरगहना, घडी, चस्मा र नगद ५ हजार रुपैयाँ समेत गरी करिब २ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट