Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशगोली हानी हत्या अभियोगका फरार पक्राउ

गोली हानी हत्या अभियोगका फरार पक्राउ


सिरहा, ३ भदौ ।गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका–५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए । उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


प्रतिक्रिया दिनुहोस