कौडा खेलिरहेको अवस्थामा पक्राउ
सिरहा, ३ भदौ । धनगढीमाई नगरपालिका–१३ भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहान नगरपालिका–११ बस्ने ५५ वर्षीया विजय कुमार महतो समेत १२ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३० वर्षीय मदन बहादुर राईको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय गोलबजार र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १६ थान कौडा, ३ लाख ६३ हजार ६ सय ४० नेपाली रुपैयाँ, ४ हजार ८ सय १० भारतीय रुपैयाँ, १४ थान मोबाइल, ४ लाख ४८ हजार ३ सय ७३ रुपैयाँको हस्ताक्षर गरेको बैंक चेक समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी :
समाचार