Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रकवि घिमिरेप्रति सभामुख सापकोटाद्वारा श्रद्धाञ्जली अर्पण

राष्ट्रकवि घिमिरेप्रति सभामुख सापकोटाद्वारा श्रद्धाञ्जली अर्पण


काठमाडौं, ३ भदौ । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सापकोटाले आज बिहान निवासमा पुगेर कवि घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।

सभामुख सापकोटाले कवि परिवारलाई भेटेर समवेदना प्रकट गरे। राष्ट्रकवि घिमिरेको मंगलबार आफ्नै निवास लैनचौरमा १०१ बर्षको उमेरमा निधन भएको थियो ।


क्याटेगोरी : समाचार, साहित्य


प्रतिक्रिया दिनुहोस