जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गयो

जाजरकोट, ३ भदौ । जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ ।
छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिए ।
चट्याङले नेपालीको घरमा पनि क्षति पुर्याएको छ ।
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #chatyang, #चट्याङ
प्रतिक्रिया