गृहपृष्ठ ∕
समाचार ∕
अछामको कैलाश खोलाले सैनीबजार बगाउँदा ६ जनाको मृत्यु, १६ जना बेपत्ता अछामको कैलाश खोलाले सैनीबजार बगाउँदा ६ जनाको मृत्यु, १६ जना बेपत्ता
अछाम, ३ भदौ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने १५/१६ जना बेपत्ता भएका छन् । मध्यराति कैलाश खोला बाढीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताए ।
सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण सङ्कलन र उद्धारमा समस्या भइरहेको बताइको छ ।
क्याटेगोरी :
समाचार,
सुदूरपश्चिम प्रदेश
ट्याग : #achham,
#breaking,
#flood landslide,
#बाढी,
#बाढी पहिरो