Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदै


काठमाण्डौ, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदैछ । केही समयदेखि बिरामी भएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

उनको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । शव बाहन, बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेले गौरी खण्डकाव्यमा आफ्नो पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गरेका छन्। उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उनले १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन बाँचे ।

२०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो । १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका छन् ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाएका छन् । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ । उनका ‘नवमञ्जरी, ‘घामपानी, ‘नयाँ नेपाल र ‘किन्नरकिन्नरी आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस