गृहपृष्ठ ∕
प्रदेश ∕
बाग्मती प्रदेश ∕
मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रसारण लाइनको तारमा पुगेपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द
मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रसारण लाइनको तारमा पुगेपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द
काठमाण्डौ, २८ जेठ । मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
नुवाकोटको ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको विद्युत् प्राधिकरणका सुरेश बहादुर भट्टराईले जानकारी दिए ।
‘ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भयो, हामीले आयोजनाको उत्पादन बन्द गर्यौँ, दिउँसोदेखि त उनी तारमै यताउता गरिरहेका छन्, उनी त्यहाँबाट नझरेसम्म आयोजना सञ्चालन हुँदैन’ भट्टराईले भने ।
आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री ‘ए’ बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको छ । देशका केही ठाउँमा लोडसेडिङ गरिएको र भारतबाट आयात बढाइएको भट्टराईले जानकारी दिए ।
‘केही ठाउँमा लोडसेडिङ भइरहेको छ, केही ठाउँको लागि भारतबाट आयात बढाएका छौँ, एकजना मान्छेले गर्दा देशभरकै विद्युत् व्यवस्थापनमा गाह्रो पर्यो’ भट्टराईले भने । तारमा पुगेका व्यक्ति यताउता गरिरहेका छन्, उनलाई भुइँमा झार्न प्रहरीले अनेक कोसिस गर्दा पनि सफल भएको छैन ।
क्याटेगोरी :
रोचक,
समाचार,
बाग्मती प्रदेश
ट्याग : #breaking,
#electricity