गृहपृष्ठ ∕
समाचार ∕
बुधवारदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
बुधवारदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेलामा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।
मंगलबारमात्रै राजधानीमा दुई सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
क्याटेगोरी :
समाचार
ट्याग : #lockdown