Techie IT
×
गृहपृष्ठप्रदेशचितवनमा एकजना कोरोना संक्रमितको मृत्यु

चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु


चितवन,२ भदौ । चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको पारिवारिक श्रोतले जानकारी दियो।

१२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि चितवनमा भरतपुर महानगरपालिका–११ का एक जना र कैलालीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस