Techie IT
×
गृहपृष्ठसमाचारविष्णुमती खोलाले मान्छे बगाउँदा मृत्यु

विष्णुमती खोलाले मान्छे बगाउँदा मृत्यु


काठमाडौं, २ भदौ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर महादेव मन्दिरनजिक बिष्णुमती खोलाले बगाएर हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

ती पुरुषलाई खोलाले बगाई ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस