Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी


काठमाडौं, २ भदौ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम तथा संक्रमण दिनानुदिन बृद्धि भएसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लगाउन गृहमन्त्रालयसँग परामर्श गरिरहेको गृह स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘गृहमन्त्री अहिले बाजुरा जिल्लामा हुनुहुन्छ, गृह सचिव र मन्त्रीबीच संवाद भएपछि गृहले साँझसम्म निषेधाज्ञाको सूचना जारी गर्न सक्छ ।’

पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या दैनिक एक सयभन्दा माथि रहँदै आएको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona, #lockdown


तपाईको प्रतिक्रिया दिनुहोस