Techie IT
×
गृहपृष्ठसमाचारहेटौंडामा प्रहरीमाथी खुकुरी प्रहार

हेटौंडामा प्रहरीमाथी खुकुरी प्रहार


मकवानपुर, २ भदौ । हेटौंडा उपमहानगरपालिका–६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो–हल्ला गरिरहेकामा प्रहरीलाई नै खुकुरी प्रहार गरेका छन् ।

उनीहरु रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जना रहेका छन् भने प्रहरीले पक्राउ गरिसकेको छ ।

खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस