Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एकजना पक्राउ

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एकजना पक्राउ


काठमाडौं, २ साउन । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एकजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार एक जना क्यामरा पर्सनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।अन्यको खोजि भइरहेको जनाइएको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ।

एक दिनअघि ‘मंगोल हप अफिसियल’ नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। ‘देशद्रोही’ बोलको भिडियो हालेको थियो।

त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो। भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै कारवाही गर्ने व्यवस्था रहेको छ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #deshdrohi, #flag


प्रतिक्रिया दिनुहोस