Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा ३८ वर्षका कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा ३८ वर्षका कोरोना संक्रमितको मृत्यु


ललितपुर, २ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा आज विहान एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ। बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो।

विरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो। पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर दुई का स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस