गृहपृष्ठ ∕
समाचार ∕
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई तोकेको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै भण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेको हो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन।
काउन्सिलको नियमावली समेत परिवर्तन गरी कार्यवाहक अध्यक्ष मन्त्रिपरिषदले तोकेको हो । नियमावली ऐनविपरित रहेको बताइएको छ ।
क्याटेगोरी :
समाचार